

संयुक्त राष्ट्र संघको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको कार्यकारी समितिले हिजो सत्र तारिख आठ भौगोलिक पार्कलाई विश्व भूगर्भ पार्क नेटवर्क सूचिमा राख्न अनुमोदन गरेको छ। यी पार्कमध्ये चीनको न्यु व्हा पहाडी भूगर्भ पार्क र यी मङ पहाड भूगर्भ पार्क समेटिएका छन्। जसले विश्व भूगर्भ पार्क नेटवर्क सूचीमा पार्कको कूल संख्या 147 पुगेको छ।
न्यु व्हा पार्क चीनको आन व्ही प्रान्तको छ चौ शहरको छिङ्ग यान जिल्लामा पर्दछ भने चीनका चार ठूलो बौद्ध धार्मिक पहाडमध्ये एक हो। बौद्ध धार्मिक संस्कृति र प्राकृतिक द्दश्य नै यस पार्कको विशेषता हो।

शान तुङ्ग प्रान्तको लि यी शहरमा पर्ने यी मङ्ग पहाडको सबैभन्दा प्राचीन भूतह र कार्स्ट सिस्टमले चीनको उत्तर क्षेत्रमा भूगोलको बाह्रा क्षेत्रको बनाइएको इतिहासको रेकर्ड गर्दछ।

सन्2004मा स्थापना भएको विश्व भूगर्भ पार्क नेटवर्कले भूवैज्ञानिक सम्पदा सम्बन्धी विशेषज्ञ र कर्मचारीबीचको सहयोगलाई प्रवर्द्धन गर्दै भौगर्भिक प्रकोप,जलवायु परिवर्तन,प्रकोप न्यूनीकरण सम्बन्धी ज्ञानको खोजी गर्ने लक्ष्य लिएको छ।


