चिसोले मनाङका सबै विद्यालय बन्द

ram naam satya
हिमाली जिल्ला मनाङका सबै विद्यालय बन्द भएका छन्। अत्याधिक चिसो बढेसँगै मंसिर तेस्रो साता परीक्षा संचालन गरी विद्यालय बन्द भएका कान्तिपुर दैनिक पत्रिकाले लेखेको छ।

विद्यालय बन्द भएसँगै शिक्षक, विद्यार्थी तथा शिक्षा कार्यालयका कर्मचारी बेंसी झरिसकेका छन्। केही झर्ने क्रममा छन्। मनाङको नेस्याङ गाउँपालिका र नारफू गाउँपालिकाका स्कुलले मंसिर २० सम्म परीक्षा संचालन गरी २१ गते परीक्षाफल प्रकाशित गरेर २२ गतेदेखि विद्यालय बन्द गरेका थिए।

चामे र तल्लो मनाङको नासोङ गाउँपालिकाका स्कुलले २२ गतेसम्म परीक्षा सक्काएर मंसिर अन्तिम सातासम्म परीक्षाफल प्रकाशित गरी विद्यालय बन्द गराएका छन्। नेस्याङ र नारफू गाउँपालिकाका स्कुल चैत १ गतेदेखि खुल्ने साथै चामे र नासोङ गाउँपालिकाका स्कुल फागुन १ गतेदेखि खुल्ने गरी बन्द भएका शिक्षक तथा स्रोत व्यक्तिहरुले बताएका छन्।

माथिल्लो मनाङस्थित अन्नपूर्ण माविका प्रधानाध्यापक आनन्दराज घिमिरेले भन्नुभयो, ‘जाडोले पढ्न र पढाउन सकिंदैन्। चैत १ गतेबाट विद्यालय खुल्ने गरी अभिभावकको सहमतिमा विद्यालयमा पठनपाठन बन्द गराएका छौं।’

उहाँका अनुसार माथिल्लो क्षेत्रका लागि ३ महिना विद्यालय बन्द हुन्छ। ‘हामीले शनिबारबाहेक अन्य विदा र शुक्रबारका दिन पुरै पठाउने हिसाबले माथिल्लो क्षेत्रका सबै विद्यालयले शैक्षिक क्यालेन्डर निर्माण गरेका छौँ। चिसोले यो बेला पढाउन नसकिएपनि पाठ्यक्रम टुंग्याउने हिसाबले ब्यवस्थापन गरेका छौँ,’ उहाँले भन्नुभयो।

माथिल्लो मनाङस्थित शिक्षा कार्यालयका स्रोतब्यक्ति कृष्णदास कोइरालाले वार्षीक परीक्षा सक्काएर सवै शिक्षकविद्यार्थी बेंसी झरिसकेको बताउनुभयो। उहाँका अनुसार कक्षा ८ को जिल्लास्तरीय परीक्षाफल प्रकाशित हुन बाँकी छ। लेटर ग्रेडिङ सिष्टमका कारण जिल्लास्तरी परीक्षाफल प्रकाशित हुन सकेको छैन्। ‘खास विद्यालय बन्द हुने पुस १० गतेदेखि हो। चिसो अत्याधिक बढ्यो। रिजल्ड गरेर खबर गर्नु भनेर विद्यार्थी लिएर अभिभावक हिँड्न थालेपछि बाध्यताले छिटोछिटो रिजल्ट आउट गरिएको हो,’ उहाँले भन्नुभयो। उहाँले माथिल्लो क्षेत्रमा चैत १ गतेबाट पठनपाठन सूचारु हुने बताउनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *