चिनियाँ हुवावे मोवाइल नेपाली बजारमा

ram naam satya
(GMT+08:00) 2017-11-16 13:59:13

चीनको लोकप्रिय मोवाइल ब्राण्ड हुवावेले चारवटा क्यामेरा भएको सेट नेपालमा ल्याएको छ। हुवावेले भर्खरै नेपाल भित्र्याएको नोभा २–आई स्मार्टफोन सेटमा अगाडि र पछाडी गरी ड्युअल लेन्सयुक्त ४ वटा क्यामेरा छन्। नेपाली बजारमा पहिलो पटक यस्तो मोवाइल सेट आएको हो। बुधबार होटल अन्नपूर्णमा आयोजित एक समारोहमा हुवावेले नोभा २–आई सार्वजनिक गरेको हो। यही सातादेखि नेपाली बजारमा उपलब्ध हुने हुवावे नोभा २–आई ग्राफिट ब्ल्याक तथा प्रेस्टिजियस गोल्ड गरी दुई कलरमा उपलब्ध हुने कार्यक्रममा जानकारी दिइयो।

हेर्दा निक्कै आकर्षक देखिने नोभा २–आईका सेटहरु बढी सुविधायुक्त छन्।

हुवावेका निर्देशक जोयसका अनुसार आजका स्मार्टफोन प्रयोगकर्ताको आवश्यकता हेरेर नोभा २–आईको डिजाइन गरिएको छ।

नेपालमा शुरुदेखि नै हुवावेको गुणस्तरमा कहिल्यै सम्झौता नगरेको र बिक्रिपछि आफ्ना ग्राहकहरुलाई उत्कृष्त सेवा प्रदान गर्दै आइरहेको भिमसरियाको भनाइ छ।

हुवावे नोभा २–आई स्मार्टफोन सेटमा अगाडी र पछाडी गरी डबल लेन्सका ४ वटा क्यामेरा एकैपटक चलाउन सकिन्छ। जसको सहयोगले बिरलै कैद गर्न सकिने दृष्यहरु समेत क्यामेराले लिन सक्छ।

हेर्दा निक्कै चित्ताकर्षक देखिने हुवावे नोभा २–आई स्मार्टफोन सेटलाई यसभित्र भएका फिचर्सहरुले झनै बोल्ड बनाएको नेपालखबर अनलाइनले लेखेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *