चिनियाँ स्याउमी मोबाइल भारतको सबैभन्दा ठूलो मोबाइल ब्रान्ड

ram naam satya
(GMT+08:00) 2017-11-15 15:43:47
अन्तर्राष्ट्रिय तथ्यांक कम्पनीले हालै सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार, चिनियाँ सिर्जनात्मक प्राविधिक व्यवसाय स्याउ मीले यस वर्षको तेस्रो त्रैमासिकमा भारतमा 92 लाख मोबाइल फोन बिक्री गर्दा भारतीय मोबाइल फोनको बजारमा 23.5 प्रतिशत हिस्सा ओगटेको छ भने भारतको सबैभन्दा ठूलो मोबाइल फोन ब्रान्ड पनि बनेको छ।

स्याउ मी कम्पनी बैंगलोर शाखाका प्रमुख से च याङ्गले जानकारी दिंदै ‘स्याउ मी घर’ कम्पनीले भारतको मोबाइल फोन बजारलाई विस्तृत पार्ने नयाँ उपाय हुनुका अलावा भारतका उपभोक्ताले स्याउ मी उत्पादनबारे जानकारी पाउन सुविधाजनक भएको बताउनुभयो। आगामी दुई वर्षमा स्याउ मी कम्पनीले भारतमा एक सय वटा ‘स्याउ मी घर’को स्थापना गर्ने योजना बनाएको छ।

थाहा भएअनुसार, स्याउ मी कम्पनीले सन्2014मा भारतीय बजारमा प्रवेश पाएको थियो भने सन्2016मा व्यापारको कूल रकम एक अर्व अमेरिकी डलर पुगेको थियो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *