चिनियाँ स्थायी प्रतिनिधिको “एक चुड्की” समाधान खोज्नुपर्ने भनाइ

ram naam satya
फेब्रुअरी एक तारिख संयुक्त राष्ट्र संघका लागि चिनियाँ स्थायी प्रतिनिधि मा चाउ स्यूले न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा सुरक्षा परिषदको सुधारबारे 72औं संयुक्त राष्ट्र संघको महासभाले आयोजना गरेको सरकारहरूबीचको वार्ताको पहिलो बैठकमा भाग लिनुभएको छ। राजदूत मा चाउ स्यूले संयुक्त राष्ट्र संघका लागि चिनियाँ स्थायी प्रतिनिधिको पद सम्हाल्नुभएपछि संयुक्त राष्ट्र संघको सम्मेलनमा भाग लिनुभएको यो पहिलो पटक हो।

मा चाउ स्यूले सुरक्षा परिषदको सुधार सबै सदस्य मुलुकहरूको हित र संयुक्त राष्ट्र संघको दीर्घकालीन विकाससित सम्बन्धित छ भन्दै सुरक्षा परिषदको सुधारले चौतर्फी समाधान विचारलाई कायम राख्नुपर्ने भन्दै “एक चुड्की” समाधान समौदा खोज्नुपर्ने बताउनुभयो।

उहाँले सरकारहरूबीचको वार्ता सुरक्षा परिषदको सुधारलाई अगाडि बढाउने महत्वपूर्ण चौतारो हो भन्दै‍ सदस्य मुलुकहरूले सुरक्षा परिषदको सुधारबारे सरकारहरूबीचको वार्ता प्रक्रियामा उच्च महत्व दिएका र सक्रियताका साथ संलग्न भएको उल्लेख गर्नुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *