चिनियाँ साहित्यकार लु सुनबारे अन्तर्क्रिया

ram naam satya

आधुनिक प्रगतिशील चिनियाँ साहित्यका जनक साहित्यकार लु सुनका निबन्धमा रहेका सामाजिक र राजनीतिक तत्वका बारे शनिबार राजधानीमा बहस भयो।

देवकोटा–लु सुन प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा उनका निबन्धमा सामाजिक तथा राजनीतिक प्रभावका बारेमा बहस चल्यो । चीन तथा ताइवानबाट सेमिनारमा सहभागी भएका ६ विज्ञले उनका निबन्धमाथि बहस चलाएका नागरिकन्यूज डट कमले लेखेको छ।

वेइजिङस्थित लु सुन म्युजियमका कार्यकारी निर्देशक हुवाङ छिया ओसेङले सांघाई कालमा लु सुनको कवित्व र राजनीतिबीचको अन्तरक्रिया विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो। लु सुनको कविता, कथा र निबन्धमा चिनियाँ समाज र त्यो बेलाको राजनीतिक चरित्र जोडिएको उहाँले बताउनुभयो। ‘लुसी नामको परम्परागत कविताशैलीमा सुनले आफ्नो चमत्कारिक शैली अपनाउँथे,’ उहाँले भन्नुभयो, ‘त्यही शैली उनले निबन्धमा पनि समेटेका छन्।’एउटा वृत्तचित्रमा चिनियाँ सैनिकलाई जापानीले बाँधेर कुटिरहँदा चिनियाँ सैनिक हाँसिरहेको देखेपछि देशका नागरिकमा चेत फैलाउनकै लागि साहित्यको बाटो रोजे।

बेइजिङ इन्टरनेसनल स्टडिज युनिभर्सिटीका प्रोफेसर झाओ झिङ हुवाले लु सुनका निबन्धमा कट्टरवादसँगै निश्चयवादका अवशेष पाइने बताउनुभयो। १९२७ अघिका उनका निबन्धले मानवीय सभ्यताको आलोचना गरेको पाइन्छ। आयोजक प्रतिष्ठानका अध्यक्ष निनु चापागाँईले लु सुनका साहित्यिक कृति अहिलेको समाजका लागि पनि दिग्दर्शनका रूपमा रहेको उल्लेख गर्नुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *