

चिनियाँ व्यापारिहरुको संगठन यूरोपियन अमेरिकन चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिका अध्यक्ष काओ इङको नेतृत्वमा आएको पाँच सदस्यीय प्रतिनिधिमण्डलले नेपालसँगको व्यापारका बारेमा कुराकानी गर्नुका साथै नेपालमा उत्पादित कच्चा पदार्थको चीनमा पर्याप्त सम्भाबना रहेकोले त्यसमा सहकार्य गरी अघि बढ्न आफूहरु तयार रहेको बताएका थिए। प्रतिनिधिमण्डलले नेपालमा लगानीको क्षेत्र पहिचान गरी आफूहरु त्यसमा लगानी गर्न समेत तयार रहेको उल्लेख गरेका थिए।
चिनियाँ उद्योगी–व्यवसायीसँगको भेटमा पूर्व उपप्रधान एवं गृहमन्त्री निधिले व्यापार व्यवसायका माध्यमबाटै मुलुकको आर्थिक विकासमा टेवा पुग्ने बताउँदै यो प्रकृयामा सरकारी अधिकारीहरुको संलग्नता हुनु पर्नेमा जोड दिनुभयो।नेता निधिले नेपाल–चीन व्यापारको प्रमुख मार्ग तातोपानी नाका २०७२ को भूकम्पका कारण बन्द भएपछि व्यापार ठप्प भएको भन्दै सो नाका चाँडो खुलाउनका लागि पहल गर्न चिनियाँ उद्योगी–व्यवसायी प्रतिनिधिमण्डलको ध्यानाकर्षण गराउनुभएको नेपालखबर अनलाइनले जनाएको छ।

उहाँले आफू सरकारमा भएका बेला नेपाल भ्रमणमा आएका चिनियाँ प्रतिनिधिमण्डलसँग पनि व्यापार बिस्तारका लागि तातोपानी नाका सञ्चालनमा ल्याउन जोड दिएको उल्लेख गर्नुभयो।
