

(GMT+08:00) 2017-12-05 16:06:06
चिनियाँ व्यवसायले निर्माण गरेका एक हजार पाँच सयवटा सहुलियत आबास माल्दिभ्सलाई हस्तान्तरण गर्न माल्दिभ्स सरकारले हिजो डिसेम्बर ४ तारिख हुलहुमाले टापूमा एउटा हस्तान्तरण समारोहको आयोजना गर्यो। माल्दिभ्सका आबास तथा निर्माण मन्त्री मोहमद मुइजु तथा माल्दिभ्सका लागि चिनियाँ राजनीतिक कन्स्युलर याङ यीन सो हस्तान्तरण समारोहमा सहभागी हुनुभयो।
मोहमद मुइजुले माल्दिभ्सको आबास परियोजनामा चीनले प्रदान गरेको सहयोगप्रति कृतज्ञता ज्ञापन गर्नुभयो।

याङ यीनले चालू वर्ष चीन-माल्दिभ्स कुटनीतिक सम्बन्ध स्थापनाको ४५औँ वर्ष रहेको भन्दै हिजोआज दुई मुलुकले बेल्ट र रोडको प्रस्तावमा विभिन्न क्षेत्रमा सहयोग गरिरहेका जानकारी दिनुभयो।
