चिनियाँ विशेष दूतद्वारा जिम्बावेको भ्रमण

ram naam satya
(GMT+08:00) 2017-11-30 18:12:52
जिम्बावे सरकारको निमन्त्रणामा चीन सरकारका विशेष दूत एवम् सहायक परराष्ट्र मन्त्री छ्न स्याउ तुङले जिम्बावेको भ्रमण गर्नुभएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले तीस तारिख विशेष दूत छ्नले राष्ट्रपति एमर्सन मनान्गाग्वासँग भेटघाट गर्नुबाहेक चीनका राष्ट्राध्यक्ष सी चिन फिङको खबर पनि हस्तान्तरण गर्नुभएको जानकारी दिनुभएको छ। दुवै पक्षको साझा प्रयासमार्फत यस भ्रमणबाट चीन र जिम्बावे बीचको परम्परागत मैत्रीपूर्ण सहयोगात्मक सम्बन्धलाई विकसित पार्दै जान चीन विश्वस्त रहेको कुरा पनि प्रवक्ता कङले बताउनुभयो।प्रवक्ता कङका अनुसार, राष्ट्राध्यक्ष सीले आफ्नो खबरमा मनान्गाग्वा राष्ट्रपति पदमा निर्वाचित हुनुभएकोमा पुन: एक पल्ट बधाई पनि ज्ञापन गर्नुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *