चिनियाँ विमान नेपालतर्फ जाँदै

ram naam satya

नेपाल एयरलाइन्सका दुईवटा नयाँ विमान आगामी साता नेपाल पुग्ने भएका छन्। यसअघि नै खरिद सम्झौता भएर आउन बाँकी दुई विमान नेपालका लागि चीनबाट उडिसकेका एयरलाइन्सले जानकारी दिएको सेतोपाटी अनलाइनले लेखेको छ। चीनको हार्विन एयरक्राफ्ट ग्रुपले निर्माण गरेको वाइ–१२(वाइ ट्वेल्भ) सिरिजका दुईवटा नयाँ विमान काठमाडौंका लागि उडिसकेको र आगामी साता नेपाल आइपुग्ने एयरलायन्सका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिनुभयो।

मोडर्न आर्क(एमए ६०) र वाइ–१२ सिरिजाका २÷२ वटा विमान ल्याइसकेको राष्ट्रिय ध्वजाबाहकले बाँकी विमान आगामी साता काठमाडौं ल्याउने छ। विमान ल्याउन नेपाल एयरलाइन्सका अधिकारीहरु अघिल्लो साता चीन गएका थिए। विमान भने कम्पनीकै पाइलटले उडाएर काठमाडौंसम्म ल्याउने छन्। आवस्यक प्रक्रिया पुरा भएपछि नियमित उडान गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो।

यसअघि आएका चिनियाँ विमान उडान भन्दा बढी ग्राउन्डेड भएर बसेका छन्। जसको कारण एयरलाइन्सले नोक्सानी बेहोर्नुपरेको छ। पाइलट अभाव, पाटपुर्जा उपलब्ध नहुने जस्ता कारणले विमानबाट खासै लाभ लिन नसिकएको स्वयम् अधिकारीहरु नै बताउछन्। श्रेष्ठ भने अहिले आउने विमानको लागि पाइलट तयार भइसकेको र नागरिक उड्डयन प्राधिकरणको अनुमति पाउनेवित्तिकै उडान गरिने बताउनुहुन्छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *