

चिनियाँ जनमुक्ति नौ सेना स्थापना भएको सत्तरीऔं वार्षिकोत्सवका अवसरमा आयोजित बहु मुलुक नौ सेनाको कार्यक्रममा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सामूहिक रुपमा विभिन्न मुलुकका प्रतिनिधिमण्डलका प्रमुखसँग भेटघाट गर्दै सामुद्रिक भाग्य एकरुपताको विचारधाराको प्रस्तुत गर्नुभएको छ। यसमा चीन विदेशी नौ सेनाका प्रतिनिधिहरुले हार्दिक प्रतिक्रिया दिएका छन्।
हिजो अप्रिल चौब्बीस तारिख छिङ्ग ताउमा आयोजित ‘सामुद्रिक भाग्य एकरुपता स्थापना’ उच्चस्तरीय गोष्ठीमा, ६१ मुलुकका नौ सेनाका प्रतिनिधिमण्डलका प्रमुखले मानव भाग्य एकरुपता र समुद्र, संयुक्त रुपमा समुद्री धम्कीको सामना, विश्व समुद्र शासन आदि विषयबारे गहिरो बैचारिक आदानप्रदान गरेका छन्।

चिनियाँ नौ सेनाका एक जना कमाण्डर शन चिन लौङ्गले आफ्नो सम्बोधनमा सामुद्रिक भाग्य एकरुपता स्थापना गर्न सामुद्रिक शान्ति र सुरक्षालाई साकार तुल्याउने सही दिशा रहेको बताउनुभयो। उहाँले विभिन्न मुलुकका नौ सेनाले हातमा हात मिलाएर सामुद्रिक शान्ति र सुरक्षाको संरक्षण गर्नुपर्ने बताउँदै संयुक्त रुपमा सामुद्रिक वातावरण निर्माण गर्नुपर्ने बताएका छन्।
