चिनियाँ वसन्त चाडको उपलक्ष्यमा रंगीचंगी क्वीचौ साँस्कृतिक कार्यक्रम काठमाडौंमा आयोजित

चिनियाँ वसन्त चाडको उपलक्ष्यमा रंगीचंगी क्वीचौ साँस्कृतिक कार्यक्रम काठमाडौंमा आयोजित

ram naam satya

चिनियाँ नव वर्ष अर्थात् वसन्त चाडको उपलक्ष्यमा काठमाडौंस्थित चीनको साँस्कृतिक केन्द्रमा रंगीचंगी क्वीचौ साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ।

कार्यक्रममा नेपालका लागि चीनका राजदूत यू होङले नयाँ वर्षको उपलक्ष्यमा सबैप्रति सुस्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्नुभयो।

त्यस्तै पूर्वसंचारमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता अग्नी सापकोटाले एक चीन नीतिमा नेपाल सदैव प्रतिवद्ध रहेको बताउनुभयो। साथै उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको सम्पन्न १९औं महाधिवेशनले विश्व राजनीतिमा रंगमञ्चमा दूरगामी महत्व राख्ने मानव कल्याणका लागि निर्णय गरेको मूल्यांकन गर्नुभयो। साथै उहाँले आगामी मार्चमा चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन र जनकांग्रेसको सम्मेलन हुन लागेको र यसले चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको दोश्रो कार्यकाल अनुमोदन गर्नुका साथै आवश्यक विधेयकहरू पनि पारित गर्ने भएकले चीनका दुई ठूला अधिवेशनको सफलताको कामना गर्नुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *