

(GMT+08:00) 2017-11-30 15:54:50
तिब्बत स्वायत्त प्रदेश जनकाँग्रेस स्थायी समितिका उपाध्यक्ष तान्चङ लाङचेको नेतृत्वमा रहेको राष्ट्रिय जनकाँग्रेसको तिब्बती प्रतिनिधि मण्डलले नोभेम्बर छब्बीसदेखि उन्नतीस तारिखसम्म क्यानडाको मोन्ट्रियल र ओटावाको भ्रमण गरेको छ। भ्रमण अवधिमा प्रतिनिधि मण्डलका सदस्यहरूले क्यानडाको संसद, सरकार, विश्वविद्यालय र सञ्चार-माध्यम लगायतका विभिन्न क्षेत्रसँग आदान-प्रदान गर्नुबाहेक तिब्बतको आर्थिक र सामाजिक विकासको अवस्थाबारे विस्तृत रुपमा जानकारी दिएको सिन्ह्वा समाचार समितिले जनाएको छ।उपाध्यक्ष तान्चङ लाङचेका अनुसार, प्रतिनिधि मण्डलका सदस्यमध्ये प्रायजसो: हिउँ पठार भूमिका जन काँग्रेसका प्रतिनिधिहरू हुन्। क्यानडाका विभिन्न पक्षसमक्ष तिब्बतको शान्तिपूर्ण मुक्तिको साठी वर्षभन्दा लामो समय विशेषत: चिनियाँ कम्युनिष्ट पार्टीको 18औँ महाधिवेशन यता आर्थिक र सामाजिक विकासमा प्राप्त ऐतिहासिक उपलब्धिबारे जानकारी दिनु नै यस भ्रमणको मुख्य उद्देश्य रहेको छ।
