चिनियाँ राष्ट्राध्यक्ष सी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्ता

ram naam satya

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नौ तारिख अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्ता गर्दै कोरियाली प्रायद्वीपको परिस्थिति तथा चीन-अमेरिका सम्बन्धबारे गहन रुपमा छलफल गर्नुभएको छ।

ट्रम्पले उत्तर कोरियाको आणविक समस्याबारे हालै सकारात्मक प्रगति हासिल गरेको बताउँदै उत्तर कोरियाले पनि सकारात्मक अडान दिएको जानकारी दिनुभयो। उहाँले अमेरिका र उत्तर कोरियाबीचको उच्चस्तरिय वार्ता विभिन्न पक्षका लागि राम्रो कुरा भएको भन्दै उत्तर कोरियाको आणविक समस्या शान्तिपूर्ण रुपमा समाधान गर्नसक्ने आशा व्यक्त गर्नुभयो। उहाँले तथ्यगत रूपमा अमेरिका र उत्तर कोरियाबीच वार्ता हुनुपर्ने सीको अडान उचित भएको प्रतिक्रिया दिनुभयो।

राष्ट्राध्यक्ष सीले कोरियाली प्रायद्वीपको आणविक रहित बनाउने योजना साकार तुल्याउन, कोरियाली प्रायद्वीपको शान्ति र स्थिरताको संरक्षण गर्न, वार्तामार्फत् समस्या समाधान गर्नुपर्नेमा चीन सँधै नै प्रतिवद्ध रहेको बताउनुभयो। उहाँले हालै कोरियाली प्रायद्वीपको परिस्थितिमा सकारात्मक परिवर्तन देखापरेबाट कोरियाली प्रायद्वीपलाई आणविक रहित बनाउने वार्ता फेरि एक पटक राखिने बताउनुभयो। उहाँले विभिन्न पक्षले राजनैतिक माध्यमबाट यो समस्या समाधानमा प्रगति हासिल गर्नसक्ने बताउनुभयो।

दुवै मुलुकका नेताले चीन र अमेरिकाबीचको सम्बन्धबारे छलफल गर्नुभयो। राष्ट्राध्यक्ष सीले दुवै पक्षले संयुक्त प्रयास गर्दै आपसी सम्मान र आपसी हितको आधारमा सहयोग सबल पार्ने तथा मतभेद हटाउँदै दुवै मुलुकको आर्थिक सहयोगलाई अझ बढाउनुपर्ने पनि औंल्याउनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *