चिनियाँ राष्ट्राध्यक्ष सी लगायत नेताहरु जनकांग्रेस प्रतिनिधि मण्डलका छलफलहरूमा सहभागी

ram naam satya

मार्च आठ तारिख अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले पार्टीको केन्द्रिय समिति प्रतिनिधित्व गर्दै राष्ट्रिय जनकाङ्ग्रेसका महिला प्रतिनिधिहरु, जनराजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका महिला सदस्यहरु तथा विभिन्न जातिय क्षेत्रका महिलाहरुप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

आठ तारिख उहाँ शानतोङ प्रतिनिधि मण्डलमा छलफल सहभागी हुनुभयो। सम्मेलनमा शानतोङ प्रतिनिधि मण्डलका आठ जना प्रतिनिधिहरुले सम्वोधन गरेका थिए। सीले महत्वपूर्ण सम्बोधन गर्दै अठारौं महाधिवेशनदेखि शानतोङको भूमिकाको मूल्यांकन गर्नुभयो। उहाँले शानतोङ प्रान्त सम्पन्न समाजको निर्माण प्रक्रिया तथा समाजवादी आधुनिकीकरणको नयाँ यात्रामा अगाडि बढ्ने आशा व्यक्त गर्नुभयो। उहाँले गाउँ क्षेत्रको पुनरुत्थान रणनीति नै 19औं महाधिवेशनको महत्वपूर्ण नीति भएकाले समृद्ध समाजको निर्माणमा समाजवादी आधुनिकीकरणलाई जोड दिनुपर्ने बताउनुभयो।

राजनैतिक व्यूरोको स्थायी समितिका सदस्य एवं प्रधानमन्त्री ली ख छ‍याङ, राजनैतिक व्यूरो स्थायी समितिका सदस्यहरू ली चान शु, उप प्रधानमन्त्री वाङ याङ, चिनियाँ कम्युनिष्ट पार्टी सचिवालयका सचिव वाङ हु निङ, पार्टी केन्द्रीय अनुशासन निरीक्षण समितिका सचिव चाउ ल ची, हान चङ लगायत पनि केही प्रतिनिधि मण्डलको छलफलमा छुट्टा-छुट्टै रुपमा सहभागी हुनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *