

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले आज फेब्रुअरी बाह्र तारिख रुसी यात्रुवाहक विमानको दुर्घटनाका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सम्वेदना सन्देश पठाउनुभएको छ। रुसको एक यात्रुवाहक विमान हिजो एघार तारिख दुर्घटनामा परेर विमानका सबै यात्रु र चालक दलका सदस्यको मृत्यु भएको थियो। सो दुर्घटना थाहा पाएपछि राष्ट्राध्यक्ष सीले चीन सरकार र चिनियाँ जनताको तर्फबाट सबै मृतकप्रति गहिरो श्रीद्धान्जली व्यक्त गर्दै मृतकका परिवारलाई गहिरो तथा सदिच्छापूर्ण समवेदना व्यक्त गर्नुभएको हो।
यसका साथै चिनियाँ राज्य परिषदका प्रधानमन्त्री लि ख छ्याङ्गले पनि रुसी प्रधानमन्त्री दिमित्री मेदभेदेभलाई समवेदना सन्देश पठाउनुभएको छ।
