चिनियाँ राष्ट्राध्यक्ष सी र फिलिपिन्सका राष्ट्रपति रोड्रिगोबीच भेटवार्ता

ram naam satya
(GMT+08:00) 2017-11-12 14:41:23
चीनका राष्ट्राध्यक्ष सी चिन फिङले हिजो नोभेम्बर एघार तारिख भियतनामको डा नाङ शहरमा फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेसँग भेट गर्नुभएको छ।

सो अवसरमा राष्ट्राध्यक्ष सीले गत वर्षको अक्टोबरमा राष्ट्रपति डुटेर्टेले चीनको भ्रमण गर्नुभएयता चीन-फिलिपिन्स सम्बन्धमा नयाँ पृष्ठ खुलेको भन्दै चीनले फिलिपिन्ससँग मिलेर रणनीतिक तथा दीर्घकालीन दृश्यबाट दुई देश सम्बन्धको विकास गरी राजनीतिक आपसी विश्वास र सहयोगलाई बढाएर दुई देश जनमुखी उपलब्धि बनाउने इच्छा लिएको व्यक्त गर्नुभयो।

प्रत्युत्तरमा राष्ट्रपति डुटेर्टेले फिलिपिन्स-चीन सम्बन्ध निकै महत्वपूर्ण भएको भन्दै फिलिपिन्सले चीनलाई इमानदार मित्रको रुपमा राखेर फिलिपिन्सको आर्थिक निर्माण, आतंकबादी विरोध आदि क्षेत्रमा चीनले दिएको सहयोगप्रति धन्यवाद ज्ञापन गरेको व्यक्त गर्नुभयो। फिलिपिन्सले चीनसँग मिलेर दुई पक्षबीच सम्पन्न भएको सहमतिबमोजिम द्वीपक्षीय च्यानलमार्फत समुद्र समस्याको उचित रुपमा समाधान गर्ने इच्छा लिएको पनि उहाँले उल्लेख गर्नुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *