

चीनकाे राजकीय भ्रमणमा रहनुभएकाे समय सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी तथा उहाँको चिनियाँ समकक्षी सम्माननीय राष्ट्रपति सी चिनफिङबीच 29 अप्रिल 2019 काे दिउँसो ग्रेट हल अफ द पिपुलमा द्विपक्षीय बैठकपछि दुवैजनाको उपस्थितिमा भएको नेपाल र चीनबीचकाे विभिन्न सहयोग सम्झौता सम्पन्न भएकोमा खुशी ब्यक्त गर्दै नेपाल-चीन पारस्परिक सहयोग समाज (NCMCS)का अध्यक्ष प्रेम सागर पाैडेलले चिनियाँ राष्ट्रपतिलाई धन्यवाद पत्र प्रेषित गरेकाछन्। प्रेषित धन्यवाद पत्रमा लेखिएको छ:
नेपाल र चीनबीच भएको सम्झौताले नेपाल र नेपालीको भाग्य र भविष्यकाेे सुनाैलाे मार्गचित्र काेरेकाे छ। इतिहासकाे लामो कालखण्डपछि नेपाल अाजदेखि भारतवेष्ठित अवस्थाबाट अाैपचारिकरुपमा स्वतन्त्र भएको छ। नेपालकाे पहिलो महिला राष्ट्रपति विद्या देवी भण्डारीले अाफ्नाे नाम नेपालकाे इतिहासमा सुनाैलाे अक्षरले लेखाउनु भएको छ भने नेपाललाई स्वतन्त्र सबल र अात्मनिर्भर बनाउन अभिभावकीय भूमिका खेल्ने चिनियाँ राष्ट्रपति सी चिङ्ग फिङ्ग हरेक देशभक्त नेपालीको मन मुटुमा सम्मानसाथ रहन सफल हुनुभएको छ। 29 अप्रिल 2019 काे दिन नेपालकाे भाग्य र भविष्य काेर्ने र नयाँ युगमा प्रवेशको सुनाैलाे दिन बनेको छ।

चीनकाे राजकीय भ्रमणमा रहनुभएकाे समय सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी तथा उहाँको चिनियाँ समकक्षी तपाईं सम्माननीय राष्ट्रपति सी चिनफिङबीच 29 अप्रिल 2019 काे दिउँसो ग्रेट हल अफ द पिपुलमा द्विपक्षीय बैठकपछि दुवैजनाको उपस्थितिमा भएको नेपाल र चीनबीचकाे पारवहन र यातायात सम्झौता कार्यान्वयनकाे सहमति, चिनियाँ सहयोगमा बनेका विद्यमान परियोजनाकाे मर्मत तथा सबलीकरणकालागि अनुदान र सहयोग हस्तान्तरण, आर्थिक तथा प्राविधिक सहयोग सम्झौता तथा नेपालको उत्तरी क्षेत्रमा जीविकाका क्षेत्रमा सहयोग सम्बन्ध सबलीकरणका विषय, भन्सारका विषयमा आपसी प्रशासनिक सहयोग, नेपाल गुणस्तर विभाग तथा स्ट्याण्डर्ड एण्ड मेट्रोलोजी एण्ड स्ट्याण्डर्डाइजेशन एडमिनिष्ट्रेशन अफ चाइनाबीच सहयोगका सहमतिपत्रमा हस्ताक्षर, सांस्कृतिक सम्पत्तिको चोरी, गोप्य उत्खनन, गैरकानूनी आयात तथा निर्यात प्रतिबन्ध लगाउने लगायतकाेे सम्झौतामा हस्ताक्षर भएबाट हामी नेपाल-चीन पारस्परिक सहयोग समाज (NCMCS) का अध्यक्ष लगाएत सबै पदाधिकारी तथा सदस्य निकै हर्षित भएका छाैं र नेपाल तथा नेपालीलाई दिनुभएको महत्त्व र अभिभावकीय भूमिकाका लागि हार्दिक धन्यवाद तथा कृतज्ञता ब्यक्त गर्दछौं।

नेपाल-चीन एक परिवारकाे सम्बन्धले क्षेत्रीय स्थिरता, विश्वभातृत्व, मानवीय प्रगति र मानव जीवनकाे साझा भविष्यका लागि महत्त्वपूर्ण भूमिका खेल्नेछ विश्वास लिएका छाैं। नेपाल र चीन बीचको सम्बन्ध अमर रहाेस्।


