चिनियाँ राजदूत यू होङ पोखरामा

ram naam satya
नेपालका लागि चिनियाँ राजदूत यु होङ बिहीबार पोखरा पुग्नुभएको छ। नेपाल चीन जनमैत्री संघको आयोजनामा शुक्रबार पोखरामा हुने साँस्कृतिक कार्यक्रममा भाग लिन उहाँ पोखरा जानुभएको हो। राजदूत होङलाई पोखरा विमानस्थलमा पोखरा लेखनाथ महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वप्रकाश लामिछानेले स्वागत गर्नुभयो। स्वागत लगत्तै राजदुत यु होङले बेगनासतालको अवलोकन गर्नुभएको रातोपाटी अनलाइनले लेखेको छ।

उहाँले बेगनास अवलोकन गदै पोखरा पर्यटनका लागी प्रचुर सम्भावना बोकेको शहर भएको बताउनुभयो। उहाँले पर्यटकीय क्षेत्रहरुमा पूर्वाधार विकास गर्न सके आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले पोखरामा आउने आन्तरिक र बाह्य पर्यटकबारे चासो दिनुभएको थियो।

उपमेयर गुरुङले पोखरा प्राकृतिक छट्टाले भरिपूर्ण शहर भएको बताउदै यहाँ प्राकृतिक सम्पदाको संरक्षका आवश्यक रहेको बताउनुभयो। चिनिया नयाँ वर्षको उपलक्ष्यमा हुने साँस्कृतिक कार्यक्रममा सहभागी हुन राजदूत यू होङ पोखरा पुग्नुभएको हो। शुक्रबार हुने ‘द स्प्रिङ फेस्टिभल २०१८’ मा सिचुवान प्रान्तको साँस्कृतिक समूहले आफ्नो प्रस्तुति रहेको नेपाल चीन–जनमैत्री संघ पोखराले जनाएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *