चिनियाँ राजदुत बिजुक्छें निवासमा !

चिनियाँ राजदुत बिजुक्छें निवासमा !

ram naam satya

भक्तपुर, ३ माघ । नेपालका लागि चिनियाँ राजदुत यु हङ्ग बुधबार भक्तपुर कमलबिनायकस्थित नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित) को निवासमा शिष्टाचार भेटघाटका लागि पुग्नुभएको छ ।

राजदुत यु हङ्ग नेपालको राजदुतको रुपमा काठमाण्डौ आउनुभएयता यो अध्यक्ष रोहितसँगको पहिलो औपचारिक भेट हो ।

भेटमा अध्यक्ष बिजुक्छेंले चीनको तिब्बतको विकाससँगै नेपालको विकास हुने यथार्थबारे जनता बुझ्दै आएको उल्लेख गर्दै दुई देशको सम्बन्ध विस्तार गर्न एक अर्को देशको भाषाको जानकारी बन्द कोठामा पस्ने साँचोजस्तै हुने बताउनुभयो । चिनियाँ साहित्यको अनुवाद र नेपालको पुरातात्विक उत्खननले नेपाल–चीनको प्राचीन सम्बन्ध खुल्दै आउने चर्चा गर्दै अध्यक्ष बिजुक्छेंले चीनको अन्तर्राष्ट्रिय अर्थनीतिको सैद्धान्तिक आधारबारे नेपालीलाई जानकारी गराउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

नेपालमा राजनीतिक पार्टीको नामअनुसार काम नहुँदा भ्रम सृजना भएको उल्लेख गर्दै युरोपका समाजवादी पार्टीहरूको काम पूँजीवादकै सेवा गर्ने भएको प्रसङ्ग जोड्नुभयो । राजदूत हङ्गले नेपाललाई चीनको सहयोग, योेजनाबारे चर्चा गर्दै सन् २०१३ मा चीनले अघि सारेको एक क्षेत्र मार्ग प्रस्तावलाई नेपालले पनि समर्थन गरेपछि चिनियाँ कम्पनीको नेपालमा आकर्षण बढेको बताउनुभयो ।

नेपालमा स्थानीय चुनाव र प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको चुनाव भइसकेको केही दिनमा राष्ट्रियसभा सदस्यको पनि चुनाव हुन लागेको प्रसङ्ग उठाउँदै राजदूत हङ्गले राजनीतिमा स्थिरता आए विकास हुने बताउनुभयो । भेटमा अध्यक्ष बिजुक्छें र राजदूत हङ्गले नेपाल–चीनको मित्रता अझ प्रगाढ हुँदै जाने अपेक्षा गर्नुभयो ।

भेटमा नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवाल र वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवाल तथा चिनियाँ राजदूतावासको तर्फबाट राजनीतिक र प्रेस शाखा प्रमुख वाङ्ग शियाओलङ्ग र कर्मचारी लि यिङ्गछिऊको उपस्थिति थियो ।

यो समाचार अनलाइन मजदुरबाट साभार गरिएको हो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *