चिनियाँ प्रधान्मन्त्री ली ख छ्याङले हंगेरीको भ्रमण गर्नुहुने

ram naam satya
(GMT+08:00) 2017-11-21 18:00:39

चीनका प्रधानमन्त्री ली ख छ्याङले हंगेरीको भ्रमण गर्नुहुने भएको छ। चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता लु खाङले सो भ्रमणबाट दुई देशबीच विभिन्न क्षेत्रका व्यावहारिक सहयोगलाई अझ बढी उपलब्धि हुने आशा चीनले लिएको बताउनुभयो।

आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लु खाङले उक्त कुरा बताउनुभएको हो। लु खाङले भ्रमणका अवसरमा प्रधानमन्त्री ली ख छ्याङले हंगेरीका प्रधानमन्त्रीलगायत नेतागणसँग भेट-वार्ता गरी चीन-हंगेरी सम्बन्ध, चीन-मध्य पूर्वी युरोपेली मुलुक सहयोग र साझा रुचि भएका विषयबारे बैचारिक आदान-प्रदान गर्नुहुनेछ। सो अवसरमा दुई पक्षले सम्बन्धित क्षेत्रको सहयोग सम्झौता पत्रमा हस्ताक्षर गर्ने जानकारी पनि प्रवक्ता लुले दिनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *