चिनियाँ प्रधानमन्त्री लीद्वारा बुल्गेरियाका प्रधानमन्त्रीसँग भेटवार्ता

ram naam satya

चीनका प्रधानमन्त्री ली ख छ्याङले अप्रिल एघार तारिख दिउँसो डुब्रोभनिकमा चीन-मध्य पूर्वी एसिया अर्थात सोह्र जोड एक शिखर वार्तामा उपस्थित हुँदै बुल्गेरियाका प्रधानमन्त्री बोयको बोरिस्भोसँग भेटवार्ता गर्नुभएको छ।

सो अवसरमा प्रधानमन्त्री लीले चीनले बुल्गेरियाको पूर्वाधार विकासमा अरु बढी क्षमतापूर्ण चिनियाँ व्यवसायलाई प्रेरणा गर्नुका साथै बुल्गेरियाका उत्कृष्ट कृषि उत्पादित बस्तु चीनमा निर्यात गर्ने विचार व्यक्त गर्नुभयो। सोही वार्तामा उद्घाटन हुने सोह्र जोड एक विश्व साझेदारी केन्द्रले सोह्र जोड एकको सहयोगलाई शक्तिशाली समर्थन दिनसक्ने विश्वास आफूले लिएको पनि उहाँले बताउनुभयो।

प्रत्युत्तरमा बुल्गेरियाका प्रधानमन्त्री बोयकोले चीनसँग अन्तर्क्रिया बढाएर सोह्र जोड एक विश्व साझेदारी केन्द्रको योगदानलाई बढाउने इच्छा लिएको उल्लेख गर्नुभयो।

यसबाहेक प्रधानमन्त्री लीले सर्बियाका प्रधानमन्त्री आना बर्नाबिक, स्लोभेनियाका प्रधानमन्त्री मार्जान सारेक, चेकका प्रधानमन्त्री आन्ड्रेज बाबिस, अल्बानियाका प्रधानमन्त्री एडी रामा, स्लोवाकियाका प्रधानमन्त्री पिटर पेल्लेग्रिनीसँग पनि छुट्टाछुट्टै भेटघाट गर्नुभएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *