

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ्ग श्वाङ्गले आज जनवरी चार तारिख जनाउनुभएअनुसार लान छाङ्ग नदी-मेकुङ नदी सहयोगको संयुक्त अध्यक्ष मुलुक कम्बोडियाका प्रधानमन्त्री साम्देच हुन सेनको निमन्त्रणामा चिनियाँ प्रधानमन्त्री ली ख छ्याङ्गले यही जनवरी दश तारिखदेखि एघार तारिखसम्म कम्बोडियाको भ्रमण गर्नु हुने भएको छ। सो अवसरमा उहाँले नोम पेन्हमा लान छाङ्ग नदी-मेकुङ नदी सहयोगको दोस्रो नेतास्तरीय सम्मेलनमा भाग लिनुका साथै कम्बोडिया,लाऔस,म्यामार,थाईल्याण्ड,भियतनामका नेताहरुसँग लान छाङ्ग नदी-मेकुङ नदी सहयोगको उलब्धिलाई पूनरावलोकन गर्दै भावी विकास परियोजना आदि विषयबारेमा बैचारिक आदानप्रदान गर्नुहुने छ।
प्रधानमन्त्री लीले कम्बोडियाको राजकीय भ्रमणका अवसरमा त्यहाँका राजा सिहमोनीसँग भेटघाट गर्नुका साथै प्रधानमन्त्री हुन सेनसँग चीन र कम्बोडियाबीचको चौतर्फी रणनीतिक सहयोगलाई प्रवर्द्धन गर्नका लागि भेटवार्ताको आयोजना गर्नुहुने कार्यक्रम छ।
