चिनियाँ पर्यटकहरूको सङ्ख्यामा वृद्धि

ram naam satya

सन् २०१७ मा रसुवागढी नाका हुँदै नेपाल भित्रिने चिनियाँ पर्यटकहरूको सङ्ख्यामा वृद्धि भएको छ। त्यस वर्ष १७ हजार ६ सय २० जना चिनियाँ पर्यटक नेपाल भित्रिएका अध्यागमन कार्यालय रसुवागढीका प्रमुख मनोजकुमार पोखरेलले बताउनुभयो। चीनले २०७४ भदौ १४ गते रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि तेस्रो मुलुकका नागरिक पनि यो नाका हुँदै नेपाल आउन थालेका छन् । अन्तर्राष्ट्रिय नाका घोषणा भएको ६ महिनामा ८२ जना तेस्रो मुलुकका नागरिक नेपाल भित्रिएका छन् ।
नेपाल घुम्नका लागि चिनियाँ पर्यटकले १ सय ५० दिनसम्मको फ्री भिसा पाउँदै आएका छन् । नेपाल घुम्न आउने पर्यटक धेरैजसोले करिब ३० दिनको भिसा लिने गरेका छन् । तर चिनियाँ पर्यटकको नेपाल बसाइ सरदर १४ दिन मात्र रहेको छ । जति दिन नेपाल बस्ने हो उति नै दिनको फ्री भिसा दिनुपर्ने जानकारहरू बताउँछन् । पर्यटकलाई १ सय ५० दिनसम्मको फ्री भिसा दिंदा दुरुपयोग हुन सक्ने सम्भावना रहेको जानाकारहरूको भनाइ रहेको छ ।

अधिकांश चिनियाँ पर्यटकहरूले ल्हासा, क्वाङ्चौबाटै भिसा लगाएर आउने गरेका छन् । करिब १० प्रतिशत जति पर्यटकले रसुवागढी अध्यागमनबाट भिसा लिने गरेको पोखरेलको भनाइ छ । नेपाल आउने चिनियाँ पर्यटक काठमाडौं, पोखरा तथा लुम्बिनी जाने गरेका छन् । रसुवागढी नाका हुँदै नेपाल प्रवेश गर्दा धेरै ठाउँमा हुने चेकजाँचले यात्रा गर्न समस्या भएको चिनियाँ पर्यटकले गुनासो गरेका कान्तिपुरले लेखेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *