चिनियाँ नौ सेना स्थापनाको सत्तरीऔं वार्षिकोत्सवको अवसरमा राष्ट्राध्यक्ष सीद्वारा विदेशी प्रतिनिधिमण्डलसँग भेटघाट

ram naam satya

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज अप्रिल तेईस तारिख विहान छिङ्ग ताउ सहरमा चिनियाँ नौ सेना स्थापनाको सत्तरीऔँ वार्षिकोत्सवका अवसरमा विभिन्न मुलुकका प्रतिनिधिमण्डलका प्रमुखलाई सामूहिक रुपमा भेटघाट गर्नुभएको छ। उहाँले चिनियाँ सरकार र सेनाको तर्फबाट नौ सेनाको कार्यक्रममा भाग लिन आएका विभिन्न मुलुकका नौ सेनाका सैनिकलाई हार्दिक स्वागत गर्नुभएको छ।

कार्यक्रममा चीनका राष्ट्राध्यक्ष सीले नौ सेना मुलुकको सामुद्रिक मुख्य शक्तिको रुपमा सामुद्रिक शान्ति र स्थिरताको संरक्षण गर्ने महत्वपूर्ण जिम्मेवारी लिएको बताउनुभयो। विभिन्न मुलुकका नौ सेनाले आपसी कदर, सम्मान, आपसी विश्वास, सामुद्रिक आदानप्रदान र वार्ताको प्रबर्द्धन गर्ने बताउँदै संयुक्त रुपमा सामुद्रिक धम्की र चुनौतीको सामना गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ।

यस पटक विभिन्न मुलुकका नौ सेनाको कार्यक्रममा ‘सामुद्रिक भाग्य एकरुपताको स्थापना’ शीर्षकमा उच्च स्तरीय गोष्ठी पनि आयोजना गरेर विभिन्न मुलुकले संयुक्त प्रयास गरी सामुद्रिक भाग्य एकरुपताको स्थापना गर्न आफ्नो बौद्धिक क्षमता प्रदान गर्न राष्ट्राध्यक्ष सीले आव्हान गर्नुभएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *