

आज अप्रिल २३ तारिख चिनियाँ नौ सेना स्थापनाको ७० औँ वार्षिकोत्सव हो। चीनका राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले आजै छिङताउमा चिनियाँ नौ सेना स्थापनाको ७० औँ वार्षिकोत्सव समारोहमा सहभागी भएका विदेशी सेनाका प्रतिनिधि मण्डलका प्रमुखहरूसँग भेटघाट गर्नुका साथै चिनियाँ नौ सेना पानी जहाज पङ्क्ति, वायु पङ्क्ति र चीनको भ्रमणमा रहेका विदेशी पानी जहाज पङ्क्तिको निरीक्षण गर्नुभएको छ। सो अवसरमा उहाँले पहिलो पल्ट “समुद्री भाग्य एकरुपता”को स्थापना गर्ने प्रस्ताव पनि प्रस्तुत गर्नुभएको छ। त्यस प्रस्तावले चिनियाँ नौ सेनाको भावी विकास र चीन विदेश बीच सामुद्रिक पारस्परिक सम्पर्क, आपसी आदान-प्रदान र विभिन्न क्षेत्रमा रहेका वास्तविक सहयोगलाई अघि बढाउनका लागि सही दिशा देखाएको छ।
छिङताउ समुद्री परेड चीनको सैनिक परराष्ट्रमा रहेको एक भब्य कार्यक्रम हो। रुस, थाइल्याण्ड, भियतनाम, भारत आदि दशभन्दा बढी मुलुकका पानी जहाज पङ्क्तिहरू सो परेड कार्यक्रममा सहभागी भएका छन्।

वर्तमान अवस्थामा चीनको सामुद्रिक सुरक्षाको विकास वातावरण सामु चुनौती हुनुका साथै महत्वपूर्ण अवसर पनि देखा परेको देखिन्छ। देशको मुख्य सामुद्रिक शक्तिको रुपमा रही चिनियाँ नौ सेनाले नयाँ ऐतिहासिक कार्यभार बहन गर्नुपर्छ।

