<strong>चिनियाँ दूतावासद्वारा ३४२ जेहन्दार विद्यार्थीहरुलाई आर्थिक सहायता प्रदान</strong>

चिनियाँ दूतावासद्वारा ३४२ जेहन्दार विद्यार्थीहरुलाई आर्थिक सहायता प्रदान

ram naam satya

नेपालस्थित चिनियाँ दूतावासले उपत्यकाका विभिन्न २३ वटा सरकारी विद्यालयहरुमा अध्ययनरत ३ सय ४२ जना गरिव तथा जेहन्दार विद्यार्थीहरुलाई आर्थिक सहायता प्रदान गरेको छ।

राताेपाटीले लेखेको छ, चिनियाँ राजदूतावास र नेपाल चीन साँस्कृतिक तथा शैक्षिक परिषद्ले ललितपुर हात्तिवनस्थित लिटिल एन्जेल स्कुलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोख्रेलको उपस्थितिमा आर्थिक सहायता प्रदान गरेको हो। प्रति विद्यार्थी रु १० हजारका दरले आर्थिक सहायता प्रदान गर्दै नेपालका लागि चिनिया राजदूत हौ यानछीले नेपाल र चीनवीच ऐतिहासिक कालदेखि प्रगाढ रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई जनस्तरसम्म अभिवृद्धि गर्न नेपाली विद्यार्थीहरुले भविष्यमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरिन्। साथै राजदूत हौले नेपालको शैक्षिक तथा प्राविधिक क्षेत्रको विकासलाई अझ मजबुत पार्ने उद्देश्य अनुरुप ‘होप स्टार चिनियाँ राजदुत छात्रबृति’ कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइन्। कुनै पनि देशको भविष्य त्यस देशका युवाहरुमा भर पर्ने भएकाले छात्रवृत्ति प्राप्त विद्यार्थीहरुले मेहनत गरेर अध्ययन गर्ने विश्वास राजदूत हौले व्यक्त गरिन्।

कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोख्रेलले होप स्टार चिनियाँ राजदूत छात्रवृत्ति नेपालको शैक्षिक विकासको लागि महत्वपूर्ण रहेको बताए। मन्त्री पोख्रेलले नेपालको शैक्षिक क्षेत्रको विकासमा चीन सरकारले उपलब्ध गराउँदैै आएको आर्थिक तथा प्राविधिक सहयोगको लागि धन्यवाद समेत ज्ञापन गरे। उनले चिनियाँ दूतवासबाट सुरुवात गरिएको होप स्टार छात्रवृत्ति कार्यक्रमलाई शहरी क्षेत्रदेखि नेपालका दूर्गम क्षेत्रसम्म पुर्याउन चिनियाँ राजदूतलाई आग्रह गरे। नेपाल र चीनबीच प्राचीन कालदेखि नै प्रगाढ सम्बन्ध रहँदै आएको भन्दै मन्त्री पोख्रेलले राष्ट्रपति विद्यादेवी भण्डारीको भख्खरै सम्पन्न चीन भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ आयाम तर्फ अघि बढेको बताए। नेपाल र चीनबीच बारम्वार भैरहेका उच्च भ्रमण, भेटघाट र समझदारीहरुले आपसी सहयोगको दायरालाई फराकिलो बनाउदै लगेको छ मन्त्री पोख्रेलले बताए।

नेपाल चीन साँस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा. हरिश चन्द्र शाहले चिनियाँ दूतावासले सुभारम्भ गरेको पहिलो होप स्टार चिनियाँ राजदुत छात्रबृत्ति कार्यक्रमले नेपाली विद्यार्थीहरुको लागि अत्यन्त महत्वपूर्ण र उपयोगी रहेको भन्दै छात्रवृत्ति प्राप्त भएपछि कुनै पनि गरिव तथा जेहन्दार विद्यार्थीहरुले बीचैमा विद्यालय छाड्न पर्ने अवस्था नआउने विश्वास व्यक्त गरे। समारोहमा २३ वटै विद्यालयहरुलाई विभिन्न शैक्षिक सामग्रीहरु समेत प्रदान गरिएको थियो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *