चिनियाँ तिब्बती सँस्कृति आदान-प्रदान प्रतिनिधि मण्डल सिंगापुरमा

    चिनियाँ तिब्बती सँस्कृति क्षेत्रका विद्वानहरू, तिब्बती बौद्ध अवतारी तथा तिब्बत स्वायत्त प्रदेशको साँस्कृतिक विभागका कर्मचारीहरु सम्मिलित चिनियाँ तिब्बती सँस्कृति आदान-प्रदान प्रतिनिधि मण्डलले एघार तारिखदेखि तेह्र तारिखसम्म सिंगापुरको तीन दिने भ्रमण गरेको छ।

        प्रतिनिधि मण्डलले बाह्र तारिख सिंगापुर साँस्कृतिक केन्द्रमा आयोजित चीनको तिब्बती सँस्कृति फोटो प्रदर्शनीको उद्घाटन समारोहमा तिब्बतको विभिन्न क्षेत्रको अवस्थाबारे जानकारी गराएको छ। प्रतिनिधि मण्डलले सिंगापुरका विभिन्न क्षेत्रका व्यक्तिहरुसँग गोष्ठी पनि गरेको थियो।

गोष्ठीमा चिनियाँ तिब्बती सँस्कृति अध्ययन केन्द्र, इतिहास अध्ययन संस्थाका प्रमुख चाङ युङले चीनको संविधानले तिब्बती भाषाको सिकाई र प्रयोगलाई संरक्षित गरेको भन्दै तिब्बती भाषाका उत्कृष्ट प्रतिभालाई प्रशिक्षित गर्ने गरेक पनि जानकारी दिनुभयो।

तिब्बत स्वायत्त प्रदेशका वैदेशिक साँस्कृतिक आदान-प्रदान संस्थाका उपसचिव काउ वै तोङले सन् 1992 देखि लगातार 24 वर्ष तिब्बतको आर्थिक वृद्धिदर दश भन्दा बढी पुगेको थियो भन्नुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *