चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको तेह्रौं राष्ट्रिय समितिको पहिलो अधिवेशनमा प्रतिवेदन प्रस्तुत

ram naam satya

चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको तेह्रौं राष्ट्रिय समितिको पहिलो अधिवेशनको उद्घाटन समारोह आज मार्च तीन तारिख दिउँसो तीन बजे पैचिङस्थित जन बृहत सभा भवनमा आयोजित भयो। सी चिन फिङ लगायत चिनियाँ कम्युनिष्ट पार्टी तथा चीनका नेताहरु यस अधिवेशनमा सहभागी हुनुभयो।

चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको बाह्रौं राष्ट्रिय समितिको तर्फबाट यु चङ शङले उद्घाटन समारोहमा कार्य प्रतिबेदन सुनाउनुभयो। उहाँले चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिले विगत पाँच वर्षमा गरेको कार्यको सिंहावलोकन गर्नुका साथै आगामी पाँच वर्षमा त्यसको कार्यबारे राय-सुझाव प्रस्तुत गर्नुभयो। चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको नयाँ राष्ट्रिय समितिले सी चिन फिङ नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचार गहन रुपमा सिकेर चौतर्फी रुपमा सम्पन्न समाजको निर्माण गर्ने तथा समाजवादी आधुनिक मुलुकको चौतर्फी रुपमा निर्माण गर्ने क्रममा राय-सुझाव दिनुपर्ने कुरा पनि यु चङ शङले बताउनुभयो।

यस पटकको चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको तेह्रौँ राष्ट्रिय समितिमा त्यसका नयाँ नेता निर्वाचित हुने समाचार छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *