

चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको तेह्रौं राष्ट्रिय समितिको पहिलो अधिवेशन अन्तर्गत आज मार्च चौध तारिख जन बृहत सभा भवनमा चौथो पूर्ण बैठकको आयोजना भयो। यस बैठकमा चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको तेह्रौं राष्ट्रिय समितिका अध्यक्ष, उपाध्यक्ष, सचिव तथा स्थायी सदस्य निर्वाचित हुनु भएको छ।
आज बेलुका गरिएको मत गणनाको परिणाम अनुसार,वाङ याङ चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको तेह्रौं राष्ट्रिय समितिका अध्यक्ष निर्वाचित हुनुभयो।

