चिनियाँ चिकित्सा टोलीद्वारा नेपालमा अनिवार्य औषधोपचार

ram naam satya

(GMT+08:00) 2017-12-11 16:28:21
चीनको स छ्वान चिकित्सा टोलीको नेपालमा अनिवार्य औषधोपचार गतिबिधि डिसेम्बर दश तारिखबाट काठमाडौंमा शुरु भएको छ। स छ्वान प्रान्तका बीसजना चिकित्सकले आगामी हप्तादिनभित्र काठमाडौं वरिपरिका पाँचवटा शहरमा अनिवार्य रुपमा औषधोपचार गर्नुबाहेक स्थानीय चिकित्सा सम्बद्ध कर्मचारीहरूसित आदान-प्रदान गर्ने कार्यक्रम रहेको छ।
यस अनिवार्य औषधोपचार गतिबिधिको संयोजक अर्थात् स छ्वान प्रान्तीय वैदेशिक मामिला र प्रवासी कार्यालयका पदाधिकारी ह क्वाङ स्येनका अनुसार, सन् 2015 मा नेपालमा बिनाशकारी भूकम्प गएपछि स छ्वान प्रान्तले चिकित्सा टोलीलाई सहायताका लागि मात्र पठाइएको नभई नेपालका लागि चन्दास्वरुप चिकित्सा सामग्री पनि प्रदान गरेको थियो। त्यसबाट स्वास्थ्य, चिकित्सा, सांस्कृतिक सँरक्षण र प्रकोप उद्धार तथा निवारण सम्बन्धी दुवै पक्ष बीचको आदान-प्रदान र सहयोगलाई प्रबर्द्धन गरिएको छ।
असल छिमेकी परराष्ट्र कार्यनीति बमोजिम चीनका विभिन्न क्षेत्रले सधैं नै दुवै देशका जनता बीचको मैत्रीपूर्ण आवत-जावतलाई अघि बढाउँदै आएको र दुवै देशको सम्बन्धलाई गहन पार्दै आउनु बाहेक नेपालको विकास तथा निर्माणका लागि पनि सहायता प्रदान गर्दैआएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *