

(GMT+08:00) 2017-11-17 16:19:59
“चिनियाँ कम्युनिष्ट पार्टीको 19 औँ महाधिवेशन: चीनको विकास र विश्व अर्थ” शीर्षकको अन्तर्राष्ट्रिय थिङ्कट्याङ्क गोष्ठी नोभेम्बर सोह्र तारिख पैचिङमा आयोजना गरिएको सिन्ह्वा समाचार समितिले जनाएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य एवम् केन्द्रिय समितिको प्रचार-प्रसार विभागका प्रमुख ह्वाङ खुन मिङले गोष्ठीमा सहभागी हुँदा “चीनले नयाँ यात्राको आरम्भ गर्ने र विश्व विकासको नयाँ अवसर” शीर्षकमा सम्बोधन गर्नुभएको छ।
सोह्र तारिख बिहान सारा विश्वका तीसवटाभन्दा बढी मुलुकका थिङ्कट्याङ्कका जिम्मेवार व्यक्ति र विशेषज्ञ हुनुका साथै जापानी पूर्व प्रधानमन्त्री फुकुदा यासुओ, पाकिस्तानी पूर्व प्रधानमन्त्री सौकत अजिज र फ्रान्सेली पूर्व प्रधानमन्त्री डोमिनिको देभिलेपिन आदि पूर्व राजनीतिज्ञहरू भेला भई सो अन्तर्राष्ट्रिय थिङ्कट्याङ्क गोष्ठीको उद्धाटन समारोहमा सहभागी भएका छन्।

आफ्नो सम्बोधनमा ह्वाङ खुन मिङले चिनियाँ कम्युनिष्ट पार्टीको 19 औँ महाधिवेशनले सुमधुर जीवन सम्बन्धी जनताको शुभेच्छा बोकेर नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादी कार्यक्रम र विकासको नीलो पत्रको तर्जुमा गरेकाले त्यसको युगान्तकारी कोसे ढुङ्गाको अर्थ रहेको कुरा औंल्याउनुभएको छ।
