

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोले डिसेम्बर आठ तारिख एक बैठकको आयोजना गर्दै सन् 2018 को आर्थिक कार्यको विश्लेषण र अनुसन्धान गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले सो बैठकको अध्यक्षता गर्नुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।
बैठकमा भनिएको छ: चिनियाँ कम्युनिष्ट पार्टीको 18 औँ महाधिवेशनयता केन्द्रीय समितिले जटिल परिस्थिति बमोजिम सही निर्णय गरी चीनको आर्थिक विकासमा ऐतिहासिक उपलब्धि प्राप्त गरेको छ।

सन् 2018 चिनियाँ कम्युनिष्ट पार्टीको 19 औँ महाधिवेशनको विचारधारालाई व्यवहारमा उतारिने पहिलो वर्ष हुनुका साथै सुधार र खुल्लापन लागु गरिएको चालीसौँ वार्षिकोत्सव र तेह्रौँ पन्च वर्षिय योजनाका लागि ज्यादै महत्वपूर्ण वर्ष पनि हो। यस्तो अवस्थामा जन जीवन सुधार्नुका साथै आर्थिक र सामाजिक विकासलाई निरन्तर र स्वस्थ रुपमा अघि बढाउँदै जाने कुरा पनि सो सम्मेलनमा जनाएको छ।
