चिनियाँ कम्युनिष्ट पार्टीको १९‌‌ औँ महाधिवशेनको विषय प्रचार प्रसार प्रतिनिधि मण्डलद्वारा बंगलादेशको भ्रमण

ram naam satya
(GMT+08:00) 2017-12-08 18:24:35

बंगलादेशको अवामी लिगको निम्तोमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गत विदेशी विभागका सहायक प्रमुख वाङ या च्युनको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीको १९ ‌‌औँ महाधिवशेनको विषय प्रचार प्रसार प्रतिनिधि मण्डलले डिसेम्बर ६ तारिखदेखि ८ तारिखसम्म बंगलादेशको भ्रमण गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको १९‌‌ औँ महाधिवशेनको विषय प्रचार प्रसार प्रतिनिधि मण्डलले बंगलादेशको अवामी लिगका महासचिव ओबाइदुल कादर तथा बंगलादेशको बामपन्थी पार्टीका नेताहरुसँग भेटेको छ।

बंगलादेशले चिनियाँ कम्युनिष्ट पार्टीको १९ ‌‌औँ महाधिवशेनको अन्तर्राष्ट्रिय महत्वको उच्च रहेको भन्दै प्रशंसा गर्नुका साथै सो महाधिवशेनको उपलव्धिले बंगलादेश-चीन सम्बन्धलाई अघि बढाउने तथा दुई मुलुक बीचको सहयोगलाई नयाँ युगमा पुर्‍याउने विचार प्रकट गरेका छन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *