चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका राजनीतिक पार्टीहरु बीच संवाद उच्च स्तरीय बैठक सम्पन्न

ram naam satya
(GMT+08:00) 2017-12-04 16:38:12

चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका राजनीतिक पार्टीहरु बीच संवाद उच्च स्तरीय बैठक हिजो डिसेम्बर ३ तारिख पैचिङमा सम्पन्न भयो। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्यूरोका सदस्य, राज्य परिषद्का सदस्य याङ चे छले सो बैठकलाई समापन सम्बोधन गर्नुभयो।

याङ चे छले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवं चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सो बैठकको उद्घाटन समारोहमा दिनुभएको मन्तव्यले मानवहित लक्षित समूदायको निर्माणबारे चिनियाँ कम्युनिष्ट पार्टीको धारणा व्यक्त गर्नुभयो। सी चिन फिङको सम्बोधनबाट विश्वका विभिन्न मुलुकका पार्टीहरुसँगै मिलेर विश्वको विकासलाई प्रबर्द्धन गर्ने, विश्वको समृद्धिको उपभोग गर्ने र विश्वको भाग्य निर्णय गर्ने चिनियाँ कम्युनिष्ट पार्टीको दृढ सङ्कल्प अभिव्यक्त गरिएको कुरा पनि याङ चे छले बताउनुभयो। विभिन्न पक्षले सी चिन फिङको सम्बोधनको उच्च मूल्याङ्कन गर्नुका साथै चीनले आफ्नो नेतृत्वदायी भूमिका खेल्नसक्ने आशा गरेका छन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *