

(GMT+08:00) 2017-11-16 17:56:58
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गत वैदेशिक सम्पर्क विभागको तत्त्वावधानमा चिनियाँ कम्युनिष्ट पार्टी र विश्व राजनीतिक पार्टी बीचको उच्च तहको सम्झौता-वार्ता यसै नोभेम्बर तीसदेखि डिसेम्बर तीन तारिखसम्म पैचिङमा आयोजना गरिने भएको सिन्ह्वा समाचार समितिले जनाएको छ। विदेशी राजनीतिक पार्टी र राजनीतिक संगठनका नेताहरू आमन्त्रित भई सम्झौता-वार्तामा सहभागी हुनेछन्।त्यस उच्च तहको सम्झौता-वार्ताको मुख्य विषय “मानव जातिको भाग्यको एकरुपताको स्थापना तथा सँगै मिलेर सुमधुर विश्वको निर्माण: राजनीतिक पार्टीको कर्तव्य” भन्ने रहेको छ।