चिनियाँ कम्पनीद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण तीव्र

ram naam satya
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनी चाइना सिएएमसी इञ्जिनियरिङले विमानस्थलको निर्माणको कामलाई तीव्रता दिएको छ। विमानस्थल निर्माण गर्ने सन्दर्भमा कम्पनीले विमानस्थलको जग्गा सम्याउने काम गर्दै आएको छ। ‘यो वर्षको हिउँदसम्ममा विमानस्थलको जग्गा सम्याउने काम सम्पन्न गराउँछौ।’, कम्पनीका प्रमुख जेरी याङले भन्नुभयो, ‘जग्गा सम्याएपछि टर्मिनल भवन र धावनमार्ग निर्माणको काम अघि बढाउँछौ।’

जग्गा सम्याउनका लागि १०० जनाभन्दा बढी नेपाली कामदार र चिनियाँ प्राविधिक खटिएका छन्। चिनियाँ एक्जिम बैंकको करिब रु २२ अर्बको ऋण सहयोगमा निर्माण सुरु गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सन् २०२० जुलाईसम्ममा सक्ने लक्ष्य राखिएको छ।

विसं २०३२ मा पोखरा–लेखनाथ महानगरपालिका–१४ छिनेडाँडामा अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण गर्न तीन हजार १०६ रोपनी जमिन अधिग्रहण गरिएको थियो । नपुग भएपछि ६२९ रोपनी जमिन थप अधिग्रहण गरिएको नेपालखबर अनलाइनले जनाएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *