चिनियाँ कम्पनीको समेत लगानी रहेको सिमेन्ट उद्योगले उत्पादन थाल्ने

ram naam satya
(GMT+08:00) 2017-12-12 17:52:08

        चिनियाँ कम्पनी होङ्सी र नेपाली शिवम सिमेन्टको लगानीमा नवलपरासीमा निर्माण भइरहेको सिमेन्ट उद्योगले सन् २०१८ भित्र व्यवसायिक उत्पादन सुरु गर्दैछ। पूर्वपश्चिम (महेन्द्र) राजमार्गमा पर्ने दुम्किबासबाट १२ किलोमिटर उत्तरतर्फ रहेको उद्योगको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। उद्योगबाट पहिलो चरणमै दैनिक ६ हजार मेट्रिक टन सिमेन्ट उत्पादन हुँदैछ।

होङ्सी शिवम् सिमेन्टको उत्पादन लक्ष्य दैनिक १२ हजार टन छ। पहिलो चरणमा ३६ अर्ब खर्चिन लागेको कम्पनीको लगानी दोस्रो चरणमा ५२ अर्ब नाघ्ने छ। होङ्सी नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योगमात्र हुने छैन, मुलुककै नमुना उद्योगका रूपमा रहने अन्नपूर्णपोस्ट अनलाइनले जनाएको छ। उद्योगबाट क्लिंकरको कच्चा पदार्थ चुनढुंगा खानीसम्म रोपवे र सुरुङ निर्माण गरिने कम्पनीका निर्देशक सतिस मोरले बताउनुभयो।

भैरहवाको लुम्बिनी रोडमा सञ्चालित अर्घाखाँची सिमेन्टले धमाधम उद्योगको क्षमता विस्तार गरिरहको छ। यसका लागि चार अर्ब रुपैयाँ लगानी थप्न लागेको उद्योग सञ्चालक पशुपति मुरारका बताउनुहुन्छ।

औद्योगिक नगरी भैरहवामा एक दर्जन सिमेन्ट उद्योग सञ्चालनमा छन्। नवलपरासीमा चारवटा उद्योगमा सञ्चालन भइरहेका छन्। नेपालका ठूला सिमेन्ट उद्योग लुम्बिनी औद्योगिक करिडोरमा सञ्चालित छन्।

नेपाल सिमेन्टमा आत्मनिर्भर भइसकेको छ। तर, सिमेन्ट उत्पादनका लागि आवश्यक कच्चा पदार्थ क्लिंकर अर्बौं रकममा भारतबाट आयात गरिँदैआएको छ ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *