

चीनका उद्योग तथा सूचना मन्त्री म्याउ वैले आज जनवरी तीस तारिख चीनको राज्य परिषदको प्रेस कार्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा सन् 2017 मा चीनको औद्योगिक अर्थतन्त्रको समष्टिगत अवस्था स्थिर भएको, मुख्य सूचकांकहरू स्पष्ट रुपमा सुध्रिएको र समष्टिगत अवस्था पूर्वानुमानभन्दा राम्रो भएको बताउनुभएको छ।
म्याउ वैले प्रारम्भिक तथ्यांकअनुसार, सन् 2017 मा चीनका उद्योग धन्दामा भएको लगानी 280 खर्ब चिनियाँ युआन पुगेको र यसले जी.डी.पी. अर्थात् कुल गार्हस्थ उत्पादनमा 33.9 प्रतिशत हिस्सा लिएको छ। यो सन् 2016 को तुलनामा 0.54 प्रतिशतले बृद्धि भएको कुरा उहाँले बताउनुभयो।
यस वाहेक, सन् 2017 मा उद्योग-व्यवसायको नाफाको बृद्धिदर पनि सन् 2013 पछि सबैभन्दा उच्चतम विन्दुमा पुगेको पनि उहाँले जानकारी गराउनुभयो।
