चिनियाँहरूको “सुरक्षित अनुभव” कहाँबाट आउँछ?

ram naam satya

हाल चीन सरकारले बदमाश शक्तिमाथि प्रहार गर्ने नयाँ चरणको कारवाही संचालन गरी मुख्यत: स्थानीय बदमाश शक्तिले आधारभूत तहको शासनमाथि दबाव दिई सर्वसाधारणमाथि थिचोमिचो जस्तो कुकर्म गरेको पाएकोले तीमाथिको प्रहार सुरू गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति र राज्य परिषद्ले संयुक्त रुपमा प्रकाशित गरेको सूचना बमोजिम उक्त कारवाई सी चिन फिङ केन्द्रित चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले गरेको महत्वपूर्ण निर्णय नै हो। त्यस कारवाहीभित्र समस्त समाजको स्थिरता, देशको स्थायी शान्ति, जनताबीचको एकता र आधारभूत तहको शासनको दृढतासँग सम्बन्धित मात्र नभई महान संघर्ष, महान परियोजनाको निर्माण, महान कार्यहरू अघि बढाउन र महान सपनालाई साकार तुल्याउनका लागि पनि ज्यादै महत्वपूर्ण सम्बन्ध रहेको छ।

उक्त दृष्टिकोणबाट हेर्दा सत्तारुढ पार्टीको हैसियतले चिनियाँ कम्युनिष्ट पार्टीले सधैं नै चिनियाँ जनताका लागि आनन्द र सुखमय बसोबास, सामाजिक सुरक्षा र व्यवस्थापन, देशको स्थायी शान्ति र समृद्धिको वातावरण उपलब्ध गर्दै आएको देखिन्छ। समाजको सुरक्षा र स्थिरता तथा अर्थतन्त्र तीव्र गतिले विकसित भइरहेको दुवै विषय नै हाल चीनले सारा विश्वसामु देखाउने दुईवटा नाम-कार्ड बनिसकेका छन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *