

नेपाल सरकारको पर्यटक प्रवर्द्धन गर्ने लक्ष्य पूरा गर्नका लागि निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत दोस्रो सफारीको रुपमा पटिहानीमा जिप सफारी शुरु भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताउनुभयो।

पटिहानीको छितामाई मन्दिरबाट करिब ११ किलोमिटर पर चरहरा खोलासम्म जिप सफारी हुन्छ। त्यसपछि पर्यटकलाई पाँच मिनेटको पैदल वाक गराएर सौराहाको खोरसोरस्थित हात्ती प्रजनन केन्द्र पुर्याइने गरी सफारी थालिएको हो।

जिप सफारी शुरु भए पनि स्थानीय खुशी भएको पटिहानीका स्थानीय संरक्षणकर्मी अपिल घिमिरेले जनाउनुभयो। सानो जिपको ७०० र ठूलोको ८०० प्रवेश शुल्क तोकिएको छ।

नेपालखबर अनलाइनका अनुसार राप्ती नदीको किनार क्षेत्र हुँदै जाने भएपछि पर्यटकले यो क्षेत्रमा गैँडा, बाघ, भालु, हात्ती, चित्तल, विभिन्न प्रजातिका चरा तथा वन्यजन्तुको सहज अवलोकन गर्नसक्ने भएका छन्। यसअघि चितवनको कुमरोजमा गएको वर्षबाट जिप सफारी थालिएको थियो।
