चितवनको सौराहामा खाना महोत्सव सम्पन्न

ram naam satya

प्रेम दिवसको अवसर पारेर चितवनको रत्ननगरस्थित सौराहामा सञ्चालन गरिएको १२औँ सौराहा खाना महोत्सव सम्पन्न भएको छ। ‘प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता’ नारासहित यही माघ २८ गतेदेखि शुरु भएको महोत्सव गएराति सम्पन्न भएको राष्ट्रिय समाचार समितिले लेखेको छ। सौराहा फुड फेस्टिबल (खाना महोत्सव)को करिब एक लाख दर्शकले अवलोकन गरेका थिए भने झण्डै रु ५० लाखको कारोबार भएको आयोजकको भनाइ छ।
रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (क्षेत्रीय रेवान) र रेवान महिला समूहको आयोजनामा भएको उक्त महोत्सवको सहआयोजक क्षेत्रीय होटल संघ, युनाइटेड हात्ती सञ्चालन सहकारी, सौराहा पर्यटन व्यवसायी समूह र साना पर्यटन व्यवसायी समूह रहेको थियो। महोत्सवको टिकट बिक्रीबाट आएको आम्दानीमध्ये वृद्धवृद्धा, अपांगलाई सहयोगसँगै घुम्ती शौचालन निर्माण, सरसफाइ र उज्यालो सौराहा कार्यक्रमका लागि सहयोग गरिने क्षेत्रीय रेवान चितवनका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिनुभयो।

सो अवसरमा पर्यटन व्यवसायी सुवासचन्द्र गौतम, इन्द्रराज चौधरी, राजेश तामाङ, दलबहादुर चौधरी र सम्झना नेपाललाई दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गरिएको थियो। कार्यक्रममा वेटर रेस प्रतियोगिता, प्रेमपत्र लेखन प्रतियोगिता, तेक्वान्दो प्रतियोगिता, महिलाबीच म्यूजिकल चेयर, बालबालिकाबीच बेलुन फुटाउने प्रतियोगिता, उत्कृष्ट खाना प्रतियोगिता, घैला शृङ्गार प्रतियोगितालगायत कार्यक्रम गरिएको प्रचार संयोजक सूर्य रिमालले बताउनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *