चिकित्सा विद्यार्थीको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा

ram naam satya
दक्षिण एसियामै पहिलोपटक एशियाली चिकित्सा विद्यार्थी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ। यही माघ ७ देखि १२ गतेसम्म सम्मेलन हुने नेपाल खबर अनलाइनले लेखेको छ।

एसियन मेडिकल स्टुण्डेटस एशोसिएन नेपालको आयोजनामा हुन लागेको सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, थाइल्याण्ड, जापान, सिंगापुरलगायत १६ राष्ट्रका चिकित्सा विषयका विद्यार्थीको सहभागिता रहने एशोशिएनले जनाएको छ।

एशोसिएनका अध्यक्ष डा. सन्तोष उपाध्यायले काठमाडौंमा हुन लागेको सम्मेलन चिकित्सा विद्यार्थीले गर्ने सबैभन्दा ठूलो कार्यक्रम भएको बताउनुभयो। उहाँले वर्षको दुईपटक हुने यस प्रकारको सम्मलेनको यस पटकको विषयवस्तु ‘मातृ तथा नवजात शिशु स्वास्थ्य’ रहेको जानकारी दिनुभयो।

नेपालमा मातृ तथा नवजात शिशुको उपचार सेवा अहिले पनि सहज नभएको सन्दर्भमा उक्त विषय निकै सान्दर्भिक हुने उहाँको भनाइ छ। एसियाली मुलुकका चिकित्सा विषय अध्ययन गर्ने विद्यार्थीबीच आ–आफ्नो देशमा भइरहको अध्ययापन विधि, सिकाई प्रक्रियाबारे आपसमा अन्तरक्रिया गर्ने, स्वास्थ्यसम्बन्धी विभिन्न समस्यामाथि छलफल गरी समाधानका उपाय निकाल्ने, एकअर्काको ज्ञान साटासाट गर्नु सम्मेलनको उद्देश्य रहेको आयोजक संस्थाले जनाएको छ।

नेपाल सम्मेलन गर्ने पहिलो एसियाली मुलुक भएकाले यो महत्वपूर्ण अवसर भएको अध्यक्ष उपाध्यायले बताउनुभयो। बाहिरी देशका चिकित्सा विषय अध्ययनरत विद्यार्थीसँग अन्तरक्रिया हुने हुँदा नेपाली चिकित्सा विषयका विद्यार्थीलाई सिक्ने महत्वपूर्ण अवसर हो, उहाँले भन्नुभयो।

स्वास्थ्य मन्त्रालय, त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान शिक्षण अस्पताल र विश्व स्वास्थ्य संगठनको समवन्यमा हुन लागेको सो सम्मेलनमा विभिन्न राष्ट्रका विद्यार्थीले तयार पारेका आठवटा अनुसन्धानात्क कार्यपत्र, दृश्य सामग्री पनि प्रस्तुत हुनेछ।

सम्मलेनमा विश्व स्वास्थ्य संगठन नेपालकी डा. मीरा थापा, बालरोग विशेषज्ञ डा. रमेशकान्त अधिकारी र डा.सुधा बस्नेत, स्त्रीरोग विशेषज्ञ डा. पद्मराज पन्त र डा.अर्चना अमात्य, रक्तरोग विशेषज्ञ डा. विशेष पौडेल, अर्बुद रोग विशेषज्ञ डा. विशाल ज्ञवालीलगायतका चिकित्सकले प्रशिक्षण दिने कार्यक्रम छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *