चिकित्सा क्षेत्रद्वारा आपसी सहयोगलाई गहन पार्ने 

चिकित्सा क्षेत्रद्वारा आपसी सहयोगलाई गहन पार्ने 

ram naam satya

सन् २०१७ को मेइ महिनामा चीन र नेपालले “बेल्ट एण्ड रोड”सहयोग समझदारी-पत्रमा हस्ताक्षर गरेदेखि दुई पक्ष बीच रहेको विभिन्न क्षेत्रको सहयोग निरन्तर रुपमा प्रगाढ हुँदै आएको छ। यस अवधिमा दुई देशका चिकित्सा क्षेत्रबीचको सहयोग पनि दिन प्रतिदिन घनिष्ठ हुँदै गएको छ।

हिजो डिसेम्बर २८ तारिख नेपालको साइनो-नेपाल मिडिया सँघले आयोजना गरेको “बेल्ट एण्ड रोड नेपालमा प्रवेश—नेपाल चीन चिकित्सा आदान-प्रदान परियोजना”औपचरिक रुपमा शुरु भयो। चीनको थुङ चि विश्वविद्यालय अन्तर्गत दशौं जन अस्पदालको चिकित्सा प्रतिनिधि मण्डल नेपालको चार दिने भ्रमणमा छ।

नेपालको साइनो-नेपाल मिडिया सोसाइटीका अध्यक्ष ध्रुव पौडेलले यस कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले “बेल्ट एण्ड रोड”बाट के कसरी लाभ पाउने भन्ने विषयमा छलफल गर्नका लागि सोसाइटीले सन् २०१८मा चीनका विभिन्न क्षेत्रका विशेषज्ञहरूलाई नेपाल बोलाउने जानकारी दिनुभयो।

चिनियाँ चिकित्सा प्रतिनिधि मण्डलका प्रमुख श्वी या वैले नेपालको भ्रमणअघि प्रतिनिधि मण्डलले नेपालको चिकित्सा परिस्थितिबारे जानकारी लिएको जानकारी दिनुभयो। नेपालको भ्रमणमा चिनियाँ चिकित्सा प्रतिनिधि मण्डलले नेपाललाई चिनियाँ पाँच लाख चिनियाँ युआनको एउटा चिकित्सा उपकरण चन्दा गर्नेछ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *