चालू वर्ष लक्ष्यभन्दा बढी राजश्व उठाउन प्रधानमन्त्रीको निर्देशन

ram naam satya

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चालू आर्थिक वर्षमा लक्ष्यभन्दा बढी आर्थिक वृद्धि हासिल गर्ने दाबी गर्दै निजी क्षेत्रलाई पनि कर छल्नका लागि राजनीतिकर्मीलाई भ्रष्ट नबनाउन सचेत गराउनुभएको छ। नेपाल चेम्बर अफ कमर्सले बिहीबार निजी क्षेत्रका तर्फबाट मुलुकको आर्थिक विकासका लागि पेश गरेको सुझाव बुझ्दै प्रधानमन्त्री ओलीले उद्योगको प्रवद्र्धनका लागि सरकारले उद्योगी व्यवसायीलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो। उहाँले मन्त्री र सचिवले अब उद्योगीका फाइल विगतमा जस्तो दराजमा थन्क्याएर नराख्नेमा निर्धक्क हुन व्यवसायीसँग आग्रह गर्नुभयो।

ओलीले पुँजीगत बजेट खर्च हुन नसकेको तथा तरलता अभावका कारण आर्थिक परिसूचकहरू नकारात्मक हुँदै गएका बेला आफूले मुलुकको तीव्र विकास गर्ने लक्ष्यसहित जिम्मेवारी सम्हालेको भन्दै यो वर्ष दाहोरो अंकको आर्थिक वृद्धि हासिल गरेर देखाउने दाबी गर्नुभयो।

चेम्बरले ‘आगामी दशक डबल डिजिट (दुई अंकको) आर्थिक वृद्धिको दशक’ हुनुपर्नेमा जोड दिएर प्रतिवेदन बुझाउँदै त्यसका लागि सरकार र निजी क्षेत्र मिलेर अगाडि वढ्नुपर्नेमा पनि जोड दिएको कारोकार अनलाइनले लेखेको छ।

२३ पृष्ठ लामो सुझाव प्रतिवेदनमा १८ बुँदामा कृषि, ऊर्जा, पर्यटन क्षेत्रका सुझाव समेटिएका छन्। यस्तै, डुईङ बिजनेसको लागत घटाउने, कानुनी शासनको प्रत्याभूति गर्ने, औद्योगिक विकास तथा विदेशी लगानी विषय सुझावका बुँदाहरू पनि प्रतिवेदनमा छन्। साथै, राजस्व, सेयर बजार, यातायात, सञ्चार र पूर्वाधार विकास, पेट्रोलियम पदार्थसम्बन्धी व्यवस्थालगायतका विषयमा पनि सरकारलाई विस्तृतमा सुझाव दिइएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *