

चीनको राष्ट्रिय विदेशी मुद्रा व्यवस्थापन व्यूरोका सम्बन्धित जिम्मेवार व्यक्तिले अप्रिल अठार तारिख पैचिङमा चालू वर्षको पहिलो त्रैमासिक अवधिमा चीनको अन्तर्देशीय मुद्राको प्रवाह स्थिर भएको तथा विदेशी मुद्रा संचिति रकममा स्थिरताका साथ वृद्धि भएको कुरा बताउनुभएको छ। साथै उहाँले चालू वर्ष चीनको राष्ट्रिय विदेशी मुद्रा व्यवस्थापन व्यूरोले अन्तर्देशीय व्यापार र लगानीको सुविधालाई निरन्तर रुपमा बढाउने, खुला र प्रतिस्पर्धात्मक शक्ति रहेको विदेशी मुद्रा बजारको निरन्तर रुपमा विकास गर्ने कुरा बताउनुभएको छ।
चीनको राष्ट्रिय विदेशी मुद्रा व्यवस्थापन व्यूरोका प्रवक्ता, अर्थशास्त्री, अन्तर्राष्ट्रिय आयबेय विभागका प्रमुख वाङ छुन यिङले राज्य परिषदको प्रेस कार्यालयद्वारा आयोजना गरिएको पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।
