चालु वर्ष चीनद्बारा तेस्रो चरणका अन्तरिक्ष यात्रीको छनौट

ram naam satya

चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको तेह्रौं राष्ट्रिय समितिको पहिलो अधिवेशन मार्च तीन तारिख दिउँसो पैचिङमा शुरु भएको छ। चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनका सदस्य एवं चीनको मानव सहित अन्तरिक्ष परियोजना कार्यालयका उपप्रमुख याङ ली वै चीनको मानव सहित अन्तरिक्ष स्टेशनको स्थापना कार्यभार सम्पूर्ण रुपमा आरम्भ गरिएको सिलसिलामा यो वर्ष चीनले तेस्रो चरणका अन्तरिक्ष यात्रीको छनौट कार्य पनि आरम्भ गर्ने जानकारी दिनुभएको छ। उहाँले आजै दिउँसो आयोजित पहिलो “सदस्य मार्ग”मा उक्त कुरा बताउनुभएको हो।

उहाँका अनुसार, यस पटक छनौट गरिने संख्या पहिलो र दोस्रो खेपभन्दा बृद्धि हुनेछ। यसबाहेक, छनौट गरिने प्रकारमा पनि केही परिवर्तन आउने छ। किनकि परियोजनाको वास्तविक चाहना बमोजिम चालकका अतिरिक्त उडान इन्जिनियरिङ र मानव सहित उडान सम्बन्धी विशेषज्ञलाई पनि भर्ना गराइने छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *