चालु वर्ष आर्थिक वृद्धि हुने विश्व आर्थिक मञ्चको प्रतिवेदन प्रक्षेपण

ram naam satya
विश्व आर्थिक मञ्चले हिजो जनवरी सत्र तारिख लण्डनमा सार्वजनिक गरेको ‘विश्व खतरा प्रतिवेदन 2018’ मा विश्वव्यापी आर्थिक वृद्धिदरको प्रवृत्ति शक्तिशाली भएर सन् 2018 मा विभिन्न मुलुकका नेतालाई विकासको अवसरबाट समाज, अर्थतन्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध, वातावरण आदि जटिल क्षेत्रमा रहेको समास्याको समाधान गर्न सकिने अनुमान गरेको छ।

‘विश्व खतरा प्रतिवेदन’ हरेक वर्षको जनवरीमा सार्वजनिक गरिन्छ। यसमा विश्वका विशेषज्ञ र नेतागणले विश्वको महत्वपूर्ण खतरासम्बन्धी समस्या लिएको विचारधारा समावेश हुन्छ। यो वर्षको प्रतिवेदनमा लगभग एक हजार व्यक्तिले भाग लिएर 59 प्रतिशतले विश्वको खतरा वृद्धि हुने र 7 प्रतिशतले मात्र खतरा घट्ने विचार व्यक्त गरेका छन्।

प्रतिवेदनका अनुसार, भूराजनीतिको अवस्था नराम्रो हुँदै आएको, वातावरण समस्या बढेको, इन्टरनेटको धम्की आदि कारणले उक्त निराशावादी अनुमानको मुख्य कारण हो। यद्यपि अर्थतन्त्रका खतरा भने प्रतिवेदनमा घटेको देखाइएको छ।

विश्व आर्थिक मञ्चका प्रमुख क्लास श्वबले व्यक्त गर्दै अर्थतन्त्र पुनरुत्थानको प्रवृत्तिले अवसर दिएर यसमार्फत विश्वका विभिन्न पक्ष, समाज र वातावरणमा उत्पन्न भएको विभिन्न समस्याको समाधान गर्न सकिने बताउनुभएकोछ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *