

आज अप्रिल बाह्र तारिख चीनको अखिल भन्सार कार्यालयले चालु वर्षको पहिलो त्रैमासिक अवधिको चीनको विदेशी व्यापार आयातनिर्यात प्रतिवेदन सार्वजनिक गरेको छ। सो प्रतिवेदन अनुसार, पहिलो त्रैमासिक अवधिमा चीनको विदेशी व्यापार आयातनिर्यातको कूल रकम सत्तरी खर्ब दश अर्ब चिनियाँ युआन पुगेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा 3.7 प्रतिशतले बढेको छ।
चिनियाँ अखिल भन्सार कार्यालयका प्रवक्ता ली ख्वै वनले पहिलो त्रैमासिक अवधिमा चीनको विदेशी व्यापार निर्यातको कूल रकम सैँतीस खर्ब सत्तरी अर्ब चिनियाँ युआन रहेको छ जुन गत वर्षको सोही अवधिको तुलनामा 6.7 प्रतिशतले बढेको छ। त्यसैगरी आयातको कूल रकम बत्तीस खर्ब चालीस अर्ब चिनियाँ युआन पुगेको छ जुन गत वर्षको सोही अवधिको तुलनामा 0.3 प्रतिशतले बढेको छ।

प्रवक्ता लीले चालु वर्षदेखि चीनको आर्थिक विकास स्थिररुपमा भइरहेको र विदेशी व्यापार स्थिरताको महत्वपूर्ण कारण चीनको राष्ट्रिय आर्थिक वृद्धि स्थिर विकास भएको बताउनुभयो।

उहाँले पहिलो त्रैमासिक अवधिमा चीनको विदेशी व्यापार स्थिर रुपमा विकास भएको तर बृद्धि दर कम रहेको बताउनुभयो। उहाँले हालै अन्तर्राष्ट्रिय आर्थिक वातावरण अस्थिर रहेको र चालु वर्षदेखि केही अन्तर्राष्ट्रिय संगठनका कारणले विश्व आर्थिक र अन्तर्राष्ट्रिय व्यापार बृद्धिदर घटेको बताउनुभयो। यो वातावरणमा चीन विश्व व्यापार सञ्चालनको स्थिर कारक बनेको पनि उहाँले स्पष्ट पार्नुभयो।
