चाइना मिडिया ग्रुपको”5G+4K+AI” मिडिया अनुप्रयोग प्रयोगशालाको अनावरण समारोह सुरु

ram naam satya

चाइना मिडिया ग्रुप “5G+4K+AI” मिडिया अनुप्रयोग प्रयोगशालाको अनावरण एवम् “फुतोङको तीस वर्ष”शीर्षकको वृत्तचित्रको बुट समारोह आज मे पाँच तारिख शाङ्हाईमा आयोजना भएको छ। चिनियाँ उप प्रचारमन्त्री एवं चाइना मिडिया ग्रुपका अध्यक्ष शन हाइ स्युङ्ग,चिनियाँ कम्युनिष्ट पार्टीको शाङ्गहाई समितिका उपमहासचिव एवं शाङ्गहाईका मेयर यिङ्ग युङ्गले उक्त समारोहमा भाग लिनुभएको छ।

अध्यक्ष शनले उक्त समारोहमा भाषण दिनुभएअनुसार स्थापना भएको एक वर्षयता चाइना मिडिया ग्रुपले महासचिव सी चिन फिङद्वारा चाइना मिडिया ग्रुपप्रति गरिएको श्रृँखलावद्ध महत्वपूर्ण निर्देशन बमोजिम शक्तिशाली तथा बलियो प्रचार तथा प्रभाव शक्ति बोक्ने अन्तर्राष्ट्रिय उच्चस्तरीय मिडियाको निर्माण भन्ने लक्ष्य लिँदै “5G+4K+AI”भन्ने रणनीतिलाई आफ्नो विकासको नयाँ प्रवर्द्धन शक्ति बनाउँदै आएको छ।

“फुतोङको तीस वर्ष”शीर्षकको वृत्तचित्रले सुधार तथा खुलापनको शक्ति,अभिनव शक्ति,उल्लेखनीय उपलब्धि र जातीय पुनरुत्थानको भविष्यलाई देखाएको छ। चाइना मिडिया ग्रुपले उक्त वृत्तचित्र बनाउनुसँग पूरै द्दश्यबाट शाङ्गहाइको भु तुङ्ग क्षेत्रको तीस वर्षिय विकास अभिव्यक्त गर्ने लक्ष्य रहेको छ। जसबाट अझ बढी जनताले चीनको सुधार तथा खुलापनको इतिहास र नयाँ युगको सुधार तथा खुलापनबाट हुने सुन्दर भविष्यको जानकारी लिनसक्ने छन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *